नर्सिङ लाइसेन्स परीक्षा आगामी शनिबार काठमाडौँमा मात्रै

  • प्रकाशित मिति: बिहिबार, मंसिर ११ २०७७
  • तामाकोशी

काठमाडौं । नर्सिङ लाइसेन्स परीक्षा आगामी शनिबार हुने भएको छ । मङ्सिर १३ गते हुने दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षामा काठमाडौँ उपत्यकामा मात्रै परीक्षा केन्द्र सीमित हुने भएको छ ।

नर्सिङ लाइसेन्स परीक्षामा कोरोनाभाइरस महामारीको कारण परीक्षा फारम भर्नेको संख्या जम्मा १ हजार ३३८ जना रहेको छ । ३ हजारदेखि ३५ सय जनासम्म परीक्षार्थी सहभागी हुने काउन्सिलले अनुमान गरे पनि कोरोना महामारीका कारण तुलनात्मक रुपमा कम रहेको नर्सिङ काउन्सिलले जनाएको छ ।



नर्सिङ लाइसेन्सको परीक्षा केन्द्र काठमाडौंका तीन स्थानमा परीक्षा केन्द्र राखिने भनिए पनि कहाँ भन्नेबारे नेपाल नर्सिङ काउन्सिलले खुलाएको छैन ।