कर’णी मु’द्दामा जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्यायो

  • प्रकाशित मिति: शुक्रबार, मंसिर ५ २०७७
  • तामाकोशी

डोटी । एक शिक्षकले आफ्नै विद्यार्थीमाथि कर’णी गरेको घटनामा जिल्ला अदालत डोटीले गरेको फैसलालाई उच्च अदालत दिपायलले उल्टाइदिएको छ । जिल्ला अदालतले दोषीलाई उम्काएको उक्त मु’द्दा उच्च अदालतका न्यायाधीश शेषराज शिवाकोटी र सीताराम मण्डलको संयुक्त इजलासले उल्टाएर दोषीलाई सजाय तोकेको हो ।

बला’त्कारी शोपीनाथ भट्टलाई जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी वा सो बराबरको जमानत लिइ तारेखमा राखी मु’द्दाको पूर्पक्षमा गर्ने गरी गत कार्तिक १९ गते आदेश दिएको थियो । बिहीबार उच्च अदालतले उक्त आदेश वदर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मु’द्दाको पुर्पक्ष कार्वा’ही अघि बढाउन आदेश दिएको छ ।



योसँगै बला’त्कारी भट्टले आफूलाई साधारण तारेखमा राख्न दिएको निवेदनसमेत खारेज भएको छ ।