खरो अभिव्य’क्ति दिएर चर्चामा रहेका उपसचिव प्रेम सञ्जेल का’र्यकक्षमै कु’टिए

  • प्रकाशित मिति: शनिबार, साउन १७ २०७७
  • तामाकोशी

काठमाडौँ, साउन १७ गते। भ्रष्टा’चारविरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल का’र्यकक्षमै कु’टिएका छन् ।
उपसचिव सञ्जेललाई कार्यालयका सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न दुवै जनलाई प्रहरीले प’क्राउ गरेर का’रवाही प्रक्रिया अगाडी बढएको छ । कुटपिटमा संलग्न दुवै सहयोगी कर्मचारीहरु करारमा नियुक्त भएका हुन् । ति दुवै कर्मचारीले उपसचिव संजेललाई चप्पल, पञ्चिङ मेसिन लगायतका सामाग्रीले कु’टेपछि उनको अनुहारमा चोट लागेको बताइएको छ ।
कुटपिट गर्नुअघि ति कर्मचारीले कार्यालय प्रमुख संजेलसँग छलफल गर्नु छ भन्दै उनको कार्यकक्षमा प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।