रामेछाप र दोलखा जोड्ने झोलुङ्गे पुल बाट हामफालेर आत्म*हत्या

  • प्रकाशित मिति: बुधबार, साउन ७ २०७७
  • तामाकोशी

रामेछाप । साउन ७ गते,
रामेछाप र दोलखा जिल्ला जोड्ने खिम्ती खोलाको झोलुङ्गे पुलबाट. हामफाले एक जनाले आत्म*हत्या गरेका छन् । बुधबार दिउँसो १ बजेको समयमा दोलखा जिल्ला जिरी नगरपालिका वडा नं २ रजनटोल बस्ने ६० वर्षका लाल बहादुर बस्नेतले पुलबाट हामफालेर आत्म*हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार जिरी नगरपालिका वडा नं १ पुम्पा स्थित दोलखा र रामेछाप जोड्न खिम्ती खोलाको झोलुङ्गे पुलबाट. हामफालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाउँनु बित्तिकै गएको इलाका प्रहरी कार्यालय जिरी बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली र प्रहरी चौकी शिवालय रामेछापबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा २ जनाको टोलीले खोजी गर्ने क्रममा हामफालेको ठाउंदेखी अन्दाजि २ किलोमिटर दक्षिण तर्फ खिम्ती खोलाको भंगालोको बिचमा तैरिरहेको अबस्थामा १ः३० बजे फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उक्त लास निकाल्ने प्रयास भैरहेको छ ।