मन्थलीमा करेन्ट लागेर एक जनााको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, असार २६ २०७७
  • तामाकोशी

रामेछाप । असार २६ गते,
रामेछापको सदरमुकाम मन्थलीमा करेन्ट लागेर शुक्रबार एक युवकको ज्यान गएको छ । मन्थली स्थित मदनआश्रित चोक नजिकै केशव घिमिरेको निर्माणाधिन घर वाहिर करेन्ट लागेर मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका अन्दाजी २५ वर्षिय मुरली भनिने गजेन्द्र बहादुर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । निर्माणाधिन घर बाहिर नजिकैको तामाकोशी बोर्डिङ स्कुलबाट ल्याएको बिजुलीको तार चलाउने क्रममा करेन्ट लागेर खड्काको ज्यान गएको उनको भनाई छ । ज्यान गुमाएका खड्का केशव घिमिरेले मन्थली स्थित भैसेश्वरमा संचालन गरेको लक्ष्मी आयल स्टोरमा कार्यरत रहेको बताइएको छ ।