काठमाडौं । असार १७ गते,
यस वर्ष नेपालमा मनसुन सुर भएको पहिलो १५ दिनमा प्राकृतिक विपत्तीमा परि ३१ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतवर्ष भन्दायस वर्ष यसरी ज्यान गुमाउनेको संख्या दुई गुनाले भन्दापनि बढेको छ । गतवर्ष मनसुन सुरु भएको पहिलो १५ दिनमा १४ जनाको विपत्तिमा परि ज्यान गएको थियो । यस वर्ष मनसुन सुरु भए यता पहिरो, चट्याङ् र सर्पदंशका घटनामा ३१ जनाको ज्यान जानुको साथै ४८ जना घाइते भएका छन् । यसैगरी यी घटनाबाट एक सय ६८ घर परिवार प्रभावित भएको प्राधिरकणले जनाएको छ । यस वर्ष मनसुन सुरु भए यताको १५ दिनमा सबैभन्दा बढी १८ जना मानिसको पहिरोले ज्यान लिएको थियो । त्यस्तै यस अवधिमा चट्याङबाट १० जनाको ज्यान गएको छ । यसैगरी सर्पदंशबाट तीन जनाको निधन भएको छ । घटनामा परि ३८ घर पूर्णरुपमा क्षति भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ । विपत्तिबाट ३४ गोठ र ५३ पशुचौपायमा क्षति भएको पनि प्राधिकरणले जनाएको छ । धिकाँस मानिसलाई घर बाहिर खेतबारीमा काम गरिहेको बेला चट्याङले लागेर निधन भएको प्राधिकरणले जनाएको छ । नेपालमा सामान्यतया असारको पहिलो साताबाट मनसुन सुरुहुुने गर्छ । गत वर्ष असार ५ बाट सुरु भएको मनसुन यस वर्ष केही छिटो गरी जेठ ३० बाट सुरु भएको हो ।
प्राकृतिक विपत्तिमा परि ३१ जनाले ज्यान गुमाए
- प्रकाशित मिति: बुधबार, असार १७ २०७७
- तामाकोशी