सप्तरी । असार ११ गते,
बिहिबार बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।
दुखद खबर : चट्याङ् लागेर चार जनाको ज्यान गयो
- प्रकाशित मिति: बिहिबार, असार ११ २०७७
- तामाकोशी