काठमाडौं । जेठ २८ गते,
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको लालीघाट बजार नजिकै टिप्पर दुर्घटना भएको छ । लालीघाटबाट ४० जना यात्रु लिएर क्वारेन्टिन हिडेको टिप्पर कर्णाली नदीमा खसेको बताइएको छ । रास्कोट जादै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो । अहिलेसम्म ६ जनालाई उद्धार गरिएको छ । भारतबाट आएका रास्कोट नगरपालिकाका जनतालाई रास्कोटतर्फ लांदै गरेको टिपर कर्णाली नदीमा खसेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेश बस्नेतले जानकारी दिए । अहिलेसम्म तीनजनाको शव भेटिएको र ३० भन्दा बढी मानिस बेपत्ता भएको बताइएको छ । अहिले उद्धारका लागि नेपाल प्रहरी , नेपाल आर्मी र स्थानीय सक्रिय रहेको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गरागाँईले जानकारी दिए ।
४० जना यात्रु लिएर क्वारेन्टिन हिडेको टिप्पर कर्णालीमा खस्यो
- प्रकाशित मिति: बुधबार, जेष्ठ २८ २०७७
- तामाकोशी