बाँकेमा गाडी दु*र्घटना १२ जनाको मृ*त्यु,२१ घाइते

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १९ २०७७
  • तामाकोशी

बाँके । जेठ १९ गते,
बाँके जिल्लामा गाडी दु*र्घटना हँुदा १२ जनाको ज्या*न गएको छ भने २१ जना घाइते भएका छन् । रामप्तीसोनारी २ स्थित ठुरिया जंगलमा हाइस फोसंगाडी दु*र्घटना हुँदा १२ जनाको ज्या*न गएको हो । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हास गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्कीदा ११ जनाको घटना स्थलमै र एक जनाको उपचारका क्रममा ज्या*न गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दु*र्घटना आइतबार राति १२ः१५ बजे भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.प्रकाश थापाका अनुसार ११ जना पुरुष र एक जना महिलाको दु*र्घटनामा परी ज्या*न गएका छ । दु*र्घटनामा परी २१ जना घाइते भएका छन् । घाइते सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।