हेटौडा । जेठ १४ गते,
हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृ*त्यु भएको छ । मंगलबार साँझ एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ । त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ । हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ । खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पु¥याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ । त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा एक दर्जन सालको रुख ढालेको र विद्युत् पोलसमेत ढलेका सो कलेजले जनाएको छ ।
हावाहुरीले रुख ढाल्दा ६ वर्षीय बालकसहित दुईको ज्या*न गयो
- प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
- तामाकोशी