जेठ ८ गते,२०७७,
काभ्रेको भुम्लु गाउँपालिका वडा नं ८ मा बोलेरो जीप दु*र्घटना हँुदा सुनकोशी नदीमा दुईजना बेप*त्ता भएका छन् । बुधबार दिउँसो भएको दु*र्घटनमा २ जना सुनकोशीमा खसेर बे*पत्ता भएको प्रहरीले जनाएको छ । दोललघाटबाट चौरीदेउराली दाना र सिमेन्ट लिएर जादै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो जीप पछाडीको चक्का अचानक खसी कोल्टो पर्दा दु*र्घटना भएको प्रहरीको अनुमान छ । जीपमा सवारमध्य भुम्लु गाउँपालिका १ बस्ने २६ बर्षीय अशोक गिरी र वडा नं ४ का भोला महत सुनकोशीमा बे*पत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जीपमा सवार अर्की ३९ बर्षीय सानुमाया गिरीको हात भाँचिएकाले उनको बनेपाको शिर ममोरियल अस्पतालमा उपचार भैरहेको छ ।
काभ्रेमा जीप दुर्घटना : सुनकोशीमा खसेर दुई जना बे*पत्ता
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
- तामाकोशी