सिन्धुली । जेठ ६ गते,
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ५ स्थित सुनकोशीको किनारमा दुईजना युवाकोे श*ब फेला परेको छ । मंगलबार फिक्कल गाउँपालिका ५ नारिम खोलाको दोभानमा १९ बर्षका दिनेश बुढा क्षेत्री र फिक्क गाउँपालिका वडा नं ५ पंचकन्या स्थित सुनकोशी किनारमा २० बर्षका जनक बुढा क्षेत्रीको श*व फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार दुवै युवा सुर्खेत जिल्ला घरभै हाल फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्री काम गर्दै आएका थिए । शव फेला परेका दुवै युवा जेठ ४ गते आइतबार सुनकोशीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।
सुनकोशी किनारमा दुई युवाको श*व फेला
- प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
- तामाकोशी