तामाकोशीमा बेपत्ता भएकी बालिकाको पाँच दिनपछि लास भेटियो

  • प्रकाशित मिति: सोमबार, जेष्ठ ५ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ५ गते,
रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोशीमा डुबेर बेपत्ता भएकी बालिकाको पाँच दिनपछि लास भेटिएको छ । जेठ १ गते विहिबार साथिहरुसंग पौडी खेल्ने क्रममा कोशीले बगाएर बेपत्ता भएकी बालिकाको सोमबार साँझ ५ बजेर २० मिनेटमा आकाशे स्थित मंगलादेवी नजिकै लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए । ओखलढुङगा घर भएकी १२ वर्षीय रोसिका तामाङ पौडी खेल्ने क्रममा तामाकोशीले बगाएर जेठ १ गते बिहिबार बेपत्ता भएकी थिईन् । बालिका बेपत्ता भएपछि नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयहरुले लगातार खोजी गर्दा पनि उनलाई फेला पार्न सकिएको थिएन ।सोमबार स्थानीयले बालिकाको लास देखेपछि खबर गरेका थिए ।