रामेछापमा २ सय १२ जनाको र्‍यापिड टेष्ट, ३७ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: मंगलबार, बैशाख २३ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २३ गते,
रामेछाप जिल्लामा हालसम्म २ सय १२ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । मंगलबारसम्म जिल्लाको विभिन्न पालिकामा महिला ४६ जना र पुरुष १ सय ६६ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ४५ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबारसम्म रामेछापमा ३७ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले दोरम्बा गाउँपालिकामा वैशाख ५ गते काठमाडौँबाट आएका ९ जना , उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २४ जना र मन्थली नगरपालिकामा ४ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेसन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।