रामेछापको गैराथोकमा अपरिचित युवाले घर पालुवा जनावर काट्न थालेपछि

  • प्रकाशित मिति: सोमबार, बैशाख २२ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २२ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ४ गैराथोकमा अपरिचित यूवाहरुले बाख्राको पाठो काटेपछि स्थानीयहरु त्रसित बनेका छन् । सोमबार दिउँसो ३ जना युवाहरुको समुह धारिलो हतियार खुकुरी बोकेर गाउँमा प्रवेश गरी घरपालुवा जनावरहरु धमाधम काट्न थालेपछि गैराथोकबासी त्रसित बनेका हुन् । अपरिचित समुहले गैराथोकका भिम बहादुर पुलामीको एउटा बाख्राको पाठो काटेर मारिसकेपछि भैँसी पनि काट्न लाग्दा गैराथोकका केहि स्थानीयले देखेर हल्ला गरेपछि उनीहरुले देख्नेलाई पनि पनि खुकुरी प्रहार गर्न तम्सिएको स्थानीयहरुले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले भने कुनै युवाहरुको समुह नभै एकजनमात्रै भएको र उसलाई नियन्त्रणमा लिइएको बताए । उनले नियन्त्रणमा लिइएको युवकको मानसिक सन्तुलन ठिक नभएको हो की भन्ने आशंका गरिएको र घटनाबारे थप अनुशन्धान भैरहेको बताए ।