रामेछाप । वैशाख ११ गते,
लकडाउनका कारण काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाको विभिन्न स्थानमा अलपत्र परेका मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका मजदुर , विद्यार्थी तथा व्यवसायी नागरिकहरूलाई वडा कार्यालयले निशुल्क उद्धार गरेको छ । विश्वमा संक्रामक रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ बाट बच्न सरकाले जारी गरेको लकडाउनका कारण कष्टकर दिन बिताउन बाध्य २ सय भन्दा बढि पुरानागाउँका नागरिकहरुलाई पुरानागाउँका समाजसेवी केही यूवाहरुको सहयोगमा वडाध्यक्ष बुद्धी बहादुर पुलामी मगर ( भरत) ले बुधबार उद्धार गरेका हुन् । मन्थली नगरपालिका वडा नंबर ९ निवासी हाल ईराकको कुर्दिस्तान सुलेमानियामा रहेका राम बहादुर पुलामी मगर (बाजे)को आर्थिक सहयोग र पुरानागाउँ निवासी होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य एवं बाङ्गेसल्ला नेवाः समाजका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बाटोमा खाना खाजाको व्यवस्था गरिदिएपछि कष्टकर दिन विताइरहेका नागरिकहरुलाई गाउँ ल्याउँन सफल भएको पुरानागाउँका वडाध्यक्ष बुद्धी बहादुर पुलामी मगर ( भरत)ले जानकारी दिए । लकडाउनका कारण सबै होटल बन्द हुँदा पनि पुरानागाउँका नागरिकले भोकभोकै यात्रा गर्न नपरोस् भनि आफुले बटोमा खाजाको व्यवस्था गरेको व्श्रेष्ठले बताए । यस्तो बिषयम परिस्थितिमा आफ्नो वडाका नागरिकहरुलाई सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनको भनाई छ । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष मगरले काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाको विभिन्न स्थानबाट उद्धार गरिएको नागरिकहरुको विभिन्न स्थामा संचालित हेल्थ डेक्समा आवश्यक स्वाथ्य परिक्षण गरिएको बताए । यस्तो बिषम परिस्थितिमा पुरानागाउँका कोहि नागरिकहरु कुनैपनि स्थानमा अलपत्र परेर बस्न नपरोस र खानेकुरा नभएर भोकै बस्न नपरोस भनेर आवश्यक सेवा दिन वडा कार्यालय लागि परेको भन्दै यस्ता समस्या परे आफुलाई जानकारी गाराउँन आग्रह गरे । वडाध्यक्ष मगरका अनुसार बुुधबार राति ठुला तथा साना बस ,ट्याक्सी लगाएतका सवारी साधनबाट तीनजिल्लामा अलपत्र परेका नागरिकहरुलाई गाउँ ल्याइएको हो ।
काठमाडौं सहित तीन जिल्लामा अलपत्र परेका पुरानागाउँका दुईसय नागरिकको निशुल्क उद्धार
- प्रकाशित मिति: बिहिबार, बैशाख ११ २०७७
- तामाकोशी