रामेछापको राकाथुममा पिकअप बोलेरो दुर्घटना : दुईको मृत्यु, २८ घाइते
रामेछाप । चैत १८ गते,
रामेछापको राकाथुममा पिकअप बोलेरो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्य्विनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरी नायव उपरिक्षक पाठकका अनुसार दुर्घटनामा परी दोरम्बा गाउँपालिका २ कि २५ वर्षीया संगीता पहरी र वडा नं ३ का अन्दाजी ४० बर्षका गोपीलाल पहरीको ज्यान गएको छ ।
मृतक संगिताको धुलिखेल अस्पतालमा र गोपीलालको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको उनको भनाई छ । उनले घाइते २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको बताए । घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको उनको भनाई छ। उनले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । डिएसपी पाठकले बोलेरोको तायर रड भाचिएर दुर्घटना भएको चालकले प्रारम्भीक बयान दिएको बताए । उनका अनुसार सरकारले थप एकहप्ता लकडाउन घोषणा गरेपछि बोलेरोमा सबै नातेदार र आफन्तहरुका परिवार आएका थिए । रातको समयमा पिकअप भ्यान आएको देखेपछि सिन्धुलीमा प्रहरीले रोकेको र नजिकै जाने भनेपछि प्रहरीले साडेपछि सिन्धुली दुम्जाबाट रामेछाप छिरेको प्रहरीको भनाई छ ।सामान्य घाइते भएका दुई जना घर गएका छन्। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो।
रामेछापको राकाथुममा पिकअप बोलेरो दुर्घटना : दुईको मृत्यु, २८ घाइते
- प्रकाशित मिति: मंगलबार, चैत्र १८ २०७६
- तामाकोशी