१२ फागुन । प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई २१ वर्षपछि नियन्त्रणमा लिन सफल बनेको छ । महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–२ बाँडभन्ज्याङका गोविन्द लामालाई २१ वर्षपछि नियन्त्रणमा लिन सफल बनेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार गोविन्द लामा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । लामालाई जिल्ला अदालत काठमाडौंले मिति २०५५/०८/२० गते ४ महिना २८ दिन कैद सजाय र दुई हजार जरिवाना तोकेको थियो । न्युज 24 मा लेखिएको छ ।