सिन्धुली । फागुन ३ गते,
सिन्धुलीको कमलामाई नगरपालिका ११ स्थित बि.पि.राजमार्गमा ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान १०ः०० बजे भिमानबाट सिन्धुली तर्फ आउदै गरेको ना.३.त ३८९७ न.को बालुवा बोकेको ट्याक्टरले पैदल यात्री कमलामाई नगरपालिका ११ का यस्तर वाईबालाई ठ क्कर दिई घाइते बनाएको थियो । घाईते वाईबाको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पस्चात थप उपचारको लागि काठमाण्डौं लाने क्रममा दिउसो १ः०० बाटोमै मृ त्यु भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको ज्यान गयो
- प्रकाशित मिति: शनिबार, फाल्गुन ३ २०७६
- तामाकोशी