सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • प्रकाशित मिति: शुक्रबार, माघ १७ २०७६
  • तामाकोशी

सिन्धुली । माघ १७ गते,
सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्वबाट काठमाण्डौतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटना बारेमा थप विवरण आउन बाँकी रहेको छ ।