‘धर्ती माता’विष्णु कुँवरले गायिन फेरी यस्तो गित,बोलीले नै रोग निको हुने अर्को चमत्कार(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ १६ २०७६
  • तामाकोशी

यतिबेला ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो ।

उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् । उनीहरुको परिवार बसाइसराइ गरेर रुपन्देहीतिर गएको ८–९ वर्ष भएको उनका दाजु पर्ने पनाहका बलभद्र कुँवरले बताए ।



‘विष्णुले यहीँ पढेकी हुन्, उनका बाबुले अर्की श्रीमती विवाह गरेका छन् भन्ने सुनेको छु तर देखेको छैन,’ कुँवरले भने ।विष्णु केही महिनाअघि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा एक महिनासम्म ध्यानमा बसेर बुटवलतिर हिँडेकी थिइन् । उनी गीत रेकर्ड गराउन भन्दै काठमाडौँ आइपुगेकी हुन् आज । हेरौ