सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

  • प्रकाशित मिति: आइतबार, माघ १२ २०७६
  • तामाकोशी

सिन्धुली । माघ १२ गते,
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा माईक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । झापाबाट काठमाण्डौ जादै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाण्डौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।