रामेछाप । माघ ५ गते,
नेपाली कांग्रेस रामेछापले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोधमा प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति लवश्री न्यौपानेको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाएको हो ।
प्रधानमन्त्री ओलीलाई पठाएको विरोध पत्रमा सरकार विधिले भन्दा पनि प्रधान्मन्त्री लगायतका केही ब्यक्तिहरुको हुकुमी शैलिमा संचालन भएको, स्थानीयदेखी संघीय सरकार पनि भ्रष्टचार लिप्त भएको, नागरिको बोल्न पाउने हकै हनन् गर्ने गरि लोकतान्त्री र्मम विपरित विभिन्न विधेयकहरु लगायत सुचना प्रविधि विधयेक ल्याएर नागरिकको स्वतन्त्रता माथी प्रहार गरेको आरोप लगाइएको छ । कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान समेत छ ।
रामेछाप कांग्रेसले पनि प्रधानमन्त्रीलाई विरोध पत्र पठायो
- प्रकाशित मिति: आइतबार, माघ ५ २०७६
- तामाकोशी