सीधाकुरा प्रभाव : सुत्केरी चमेलीलाई जुट्यो सहयोग

  • प्रकाशित मिति: बुधबार, पुष २३ २०७६
  • तामाकोशी

२३ पुष । चरम गरिबीका कारण सुत्केरी अवस्थामा पनि कष्टकर जीवन–यापन गरिरहेकी उदयपुर कटारी–५ की चमेली तामाङले औषधि, विस्तारा, न्यानो कपडा, खाद्यान्न–भाँडाकुँडा र नगद सहयोग पाएकी छिन् । चमेलीको दयनीय अवस्थाको विषयमा कार्यक्रमको गत एपिसोडमा हामीले रिपो!र्ट पसारण गरेसँगै कटारी नगरपालिकाका तर्फबाट उप–मेयर भीमकुरमारी राउतले २५ हजार आर्थिक सहयोग गरेकी छिन् ।

त्यस्तै मुुक्तिनाथ विकास बैंकको कटारी शाखाले उनलाई पलङ, ओढ्ने–ओछ्याउने कपडा सहयोग गरेको छ । यता नेपाल रेडक्रस सोसाइटी उप–शाखा उदयपुरले पाल र भाँडाकुँडा सेट सहयोग गरेको छ ।