रामेछाप । मंसिर १५ गते,
रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन् ।
उहाँले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वा्चित भएका हुन् । बस्नेत कुल खसेको ११ सय ७३ मत मध्ये ७६९ मतल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी सुनुवारले ३८० मत मात्र प्राप्त गरेकिछिन । शनिबार विहान ७ बजेदेखी साँझ ५ बजे सम्म भएको मतदानमा समाजवादी पार्टीका उम्मेद्वार राजकुमार सुनुवारले १० र राप्रपा संयुक्तका उम्मेद्वार हर्क बहादुर तामाङले ७ मत पाएका छन् । तत्कालिन वडा अध्यक्ष कुविर खत्रीको ढेड बर्ष अघि निधन भएपछि वस्नेतले १८ महिना कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । कुल १ हजार ७ सय ४८ मतदाता रहेको सो मतदान केन्द्रमा १ हजार १ सय ७३ मत खसेको छ । प्रितिमा जम्मा ६७ प्रतिसत मात्रै मत खसेको छ
प्रितिको वडाअध्यक्षमा नेकपाका कुल बहादुर वस्नेत दोब्बर मतले विजयी
- प्रकाशित मिति: आइतबार, मंसिर १५ २०७६
- तामाकोशी