दुई ठाँउको चुनावी मतपरिणाम सार्वजनिकः दुवै ठाँउमा नेकपाको विजयी

  • प्रकाशित मिति: शनिबार, मंसिर १४ २०७६
  • तामाकोशी

काठमान्डौं मंसिर १४ गते ।
आज भएको उप-चुनावको मत परिणाम सार्वजनिक हुन थालेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।

यस्तै रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी हुनु भएकोे छ । उहाँ १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गर्नुभयो । २ सय ९ मत खसेको थबाङ १ मा ९ मत बदर भएको छ ।
आज भएको उपचुनावमा २ सय ९ जनाले मात्रै मतदान गरेका थिए । १ हजार २ सय ७४ जना मतदाता रहेको वडामा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।