रामेछाप ।
प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सरकार प्रतिको स्वस्थ आलोचनालाई ग्रहन गर्दै जनताको चाहाना अनुसारको काम गरीरहेको बताउनु भएको छ । उहाँले रामेछापको सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रममा सो कुरा बोल्नु भएको हो ।
कसै कसैले दुइतिहाईको सरकार भनेर खिस्सा गर्ने परिपार्टीको विकास भएको भन्दै उहाँले कसैसंग खोसेर वा लुटेर ल्याएको नभै जनताले मत दिएर दुइतिहाई ल्याएकाले ठुला कुरा नगर्न चुनौती समेत दिनुभयो ।
जनताले विश्वासबाट दुइतिहाई मत पाएको वर्तमान नेकपाको सरकारले राम्रो काम गरिरहेको दाबि गर्दै अबको दिनमा राम्रो काम गर्न नसके कांग्रेस सरकारमा आउँने मन्त्री ढुंगेलको भनाई छ । बजारमा जे जस्ता कुराहरु आएपनि नेकपा सरकार कहिले एकदलिय र तानासाही नहुने उहाँले बताउनु भयो। बाँकी पुरा भिडियोबाट……
नेकपाले काउली नफलाए, कांग्रेसले भेण्टा फलाउछः मन्त्री: ढुंगेल (भिडियो सहित)
- प्रकाशित मिति: सोमबार, मंसिर २ २०७६
- तामाकोशी