बर्तमान सरकारले केहि गर्न सकेनः विमलेन्द्र निधि (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, मंसिर १ २०७६
  • तामाकोशी

रामेछाप ।
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले बर्तमान सरकारले राम्रो काम केहि गर्न नसकेको बताउनु भएको छ । प्रेस युनियन रामेछापले सदरमुकाम मन्थलीमा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले बर्तमान सरकार अधिनायक बाद तर्फमात्र अग्रसर भएको बताउनु भयो । उहाँले भन्नु भयो “प्रेस स्वतन्त्रतालाई अपहरण गर्ने काममा सरकार लागी रहेको हामीले पाउदछौ, सरकारको आलोचना लेख्न थाल्यो भने सहिषणुतानै छैन, प्रेस जगतलाई तर्साउने काम भईरहेकोछ ”।
सरकार आफै असफल भइरहेको आम जनतामाझ छर्लङग रहेको समेत उहाँले बताउनु भयो । (बाँकी भिडियोबाट….)

https://www.youtube.com/watch?v=eBbLcZdtU28