प्रितिमा हुने उपनिर्वाचनमा कार्यवहाक वडाध्यक्षलाइनै उम्मेदवार बनाउने नेकपा रामेछापको निर्णय

  • प्रकाशित मिति: सोमबार, कार्तिक २५ २०७६
  • तामाकोशी

रामेछाप । कार्तिक २५ गते,
नेपाल कम्युनिष्ट पार्टी रामेछापले मंसिर १४ गते हुने उप निर्वाचनको लागि उम्मेद्वार टुंगो लगाएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा हुने वडा अध्यक्षको उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो । नेकपा जिल्ला कमिटीले अहिलेको कार्यवहाक वडा अध्यक्ष कुल बहादुर बस्नेतलाई नै वडा अध्यक्षको उम्मेद्वार बनाउँने निर्णय गरेको छ । सिफारिस भएका पाँच जनामध्ये वस्नेतलाई जनताले रुचाएको र उनको कार्यक्षेमता अनि पार्टी राजनितिमा रहेर गरेको योगदानको आधारमा वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिएको नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान ( मदन ) ले जानकारी दिए । यसअघि उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले नवराज खत्री, कुलबहादुर बस्नेत, राजेन्द्र कार्की, पदम बहादुर तामाङ, शिवबहादुर कार्की र चित्र बहादुर तामाङको नाम वडाध्यक्षको उम्मेद्वारका लागि सिफारिस गरेको थियो । प्रितिमा करिब १७ सय ४९ मतदाता रहेका छन् । तत्कालिन वडा अध्यक्ष कुबेर खत्रीको गत बर्ष निधन भएपछि रित्त रहेको वडा अध्यक्षको लागि अगामी मंसिर १४ गते पुनः उप निर्वाचन हुँदै छ ।