नेकपा रामेछापको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

  • प्रकाशित मिति: बुधबार, कार्तिक ६ २०७६
  • तामाकोशी

रामेछाप । कार्तिक ६ गते,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)रामेछापको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । दशै , तिहार ,छट , नेपाल संवत लगाएत विभिन्न चाडपर्वको अवसरमा बुधबार सदरमुकाम मन्थलीमा भएको कार्यक्रममा नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशंकर पौडेलले अबको दिनमा पार्टीलाई सुदृढ र विकसित बनाएर जनाताको घरघरमा पुग्ने बताए । नेकपा केन्द्रीय सदस्य समेत रहेका पौडेलले पार्टीका नेता कार्यकर्ताहरुलाई दक्त चिक्त भएर पार्टीको काम र विकासको काममा लाग्न निर्देशन समेत दिए ।
नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान (मदन) को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछाप जिल्लामा भएका विकास निर्माणको काममा त्यस्तो केही समस्या नभएको बताए । उनले अवको समय विकास र आर्थिक समृद्धिको भएकाले द्रुत विकासको बाटोमा लाग्न सवैलाई आग्रह गरे । (नेकपा) का केन्द्रीय सदस्य युवराज चौलागाईले पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
उनले पार्टी एकता प्रक्रिया केही ढिलो भए पनि एकता प्रक्रियालाई अन्तिम रुप दिने बारेमा पछिल्लो सयम पार्टीमा गम्भीरताका साथ छलफल भैरहेको बताए । उनले तिहारपछि लगत्तै स्थानीय स्तरमा पार्टीको विभिन्न अभियानहरु संचालन हुने पनि बताए । जिल्ला समन्वय समिति रामेछापको प्राङगणमा भएको कार्यक्रममा नेकपाका नेता कार्यकर्ता , विभिन्न राजनैतिक दलका प्रमुखहरु , जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु गरी करिव एक हजार पाँचसय जनाको सहभागिता रहेको नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले जानकारी दिए ।