नेकपा रामेछापको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम , एक हजार बढिलाई निमन्त्रणा

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ५ २०७६
  • तामाकोशी

रामेछाप । कार्तिक ५ गते,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)रामेछापले वडा दशै ,तिहार ,छट , नेपाल संवत लगाएतको विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दे छ । नेकपा रामेछापले जिल्ला समन्वय समिति रामेछापको प्राङगाणमा बुधबार बिहान साढे ११ बजेदेखी दिउँसो २ बजेसम्म कार्यक्रम गर्न लागेको हो । नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले शुभकामना आदान प्रदान नता चियापान कार्यक्रमको तयारी पुरा भएको जानकारी दिए ।
उनले कार्यक्रममा पार्टीका नेता कार्यकर्ता , विभिन्न राजनैतिक दलका प्रमुखहरु , जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु गरी करिव एक हजार बढिलाई निमन्त्रणा गरिएको जानकारी दिए । नेता श्रेष्ठले कार्यक्रममा नेकपा रामेछाप जिल्ला इन्चार्ज एवं नेकपा केन्द्रीय सदस्य देबशंकर पौडेल , प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल , संविधानसभा सदस्य तारानारायण श्रेष्ठ ,प्रदेश ३ का सांसद शान्ति प्रसाद पौडेल लगाएतका नेताहरुको सहभागिता रहने बताए । नेकपा नेता श्रेष्ठले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा लागि जिल्ला भरका नेता तथा कार्यकर्ताहरु सहभागिता रहने बताए ।