अहिलेको व्यवस्था विरुद्ध एक खालको शक्ति लागि रहेको छ : श्रममन्त्री विष्ट

  • प्रकाशित मिति: शुक्रबार, भाद्र १३ २०७६
  • तामाकोशी

रामेछाप । भदौ १३ गते,
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आम नेपालीलाई मर्यादित जीवन बाँच्न बनाउने गरी सरकारले काम गरि रहेको बताएका छन् । रामेछापको मन्थली नगरपालिकामा विहिबार आयोजना गरिएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् ।
कार्यक्रमा बोल्दै अहिले उनले अहिले व्यवस्था विरुद्ध एक खालको शक्ति लागि रहेको बताए । त्यस्ता शक्तिलाई परास्त गरि लोकतान्त्रिक गणतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका सबैजना लाग्नु पर्ने उनको भनाई थियो । ʹअलिहे देशमा एक खालको वर्गसंघर्ष चलि रहेको छ । हिजो सत्तामा रमाएको वर्ग अहिले आत्तिएको छ’, उनले भने ।
मन्त्री विष्टले लामो समयको राजनीतिक अस्थिरता अन्त भई इतिहाँसमा पहिलो पटक कम्युनिष्ट पार्टीका बहुमतको सरकार बनेको बताउँदै यो सरकाले नियमित भन्दा फरक गतिले काम गर्न खोजेको बताए । जसले गर्दा यो सरकार गतल बाटोमा त हिँडेको छैन भन्ने केहीमा भ्रम भएको पनि उनले बताए । उनले सरकार एकदम सहि बाटोमा हिँडेको बताउँदै सरकारले गरेका कामको प्रतिफल आउने क्रम सुरु भई सकेको बताए । उनले सरकारले नेपालीको शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको ग्यारेन्टि गर्न गरी काम गरि रहेको बताए ।