आईजीपी खनालले रवि लामिछानेलाई चितवन कारागारमा भेटेको खुलासा

  • प्रकाशित मिति: शुक्रबार, भाद्र ६ २०७६
  • तामाकोशी

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललेरवि लामिछानेलाई भेट गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने सहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि आइजिपी खनालले भेट गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा भेट गरी खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।



पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका थिए । अहिले चितवमा रविको सर्मथन गर्दै हजारौ सर्मथक सडकमा उत्रिएका छन् ।