रामेछाप । साउन १९ गते,
(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भोली एकथरीका तानसाहा र निरंकुशताका पुजारीहरु संघिय लोकतान्त्री गणतन्त्रका विरुद्ध लागेको बताएका छन् । अहिले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप समेत लगाए । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता तानासाहा र निरंकुसताका पुजारीहरु तीन करोड जनताको आवेगले क्षेणभरमै खरानी हुने चेतावनी समेत दिए ।
अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए । प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे । पुल उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरिवोल गजुरेल , प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेल र प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठ लगाएतका नेताहरुले बोलेका थिए । यो पुल बनेसंगै रामेछाप , सिन्धुली र काभ्रेका सर्वसाधारण नागरिकहरुको आवतजावतमा सहजता भएको छ । करिब नब्बे मिटर लम्बाई रहेको पुल एघार बर्ष अघि निर्माण थालिएको थियो । तीन बर्षको अवधिमा निर्माण सुरु गरिएको सो पुल निर्माणका लागि करिब नौ करोड लगानीमा भएको बताइएको छ ।
तानसाहा , निरंकुशता र राजा माहाराजाका दासहरु जनताको आवेगले खरानी हुन्छन् : प्रचण्ड
- प्रकाशित मिति: आइतबार, साउन १९ २०७६
- तामाकोशी