काठमाडौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन गनुपर्ने बताउनुभयो । देशमा सबैभन्दा बढि भ्रष्टाचार ४६ सालपछि नै भयो, त्यसकारणपनि ती नेता र मन्त्रीहरुको सम्पत्ति छानबिन हुनुपर्छ उहाँले भन्नुभयो।
साझा पार्टीले पार्टीको कुटनीतिक निर्देशिका जारी गरेको छ। बुधबार पत्रकार सम्मेलन गरि पार्टीले निर्देशिका जारी गरेको हो। पार्टीका नेता र दलहरुको विदेशी दूत र दूतावासहरुसँगको सम्बन्धका हकमा यो निर्देशिका कोषेढुंगा सावित हुने साझा पार्टीको बिश्वास छ।
जारी निर्देशिकाको उल्लंघन भएमा विदेश विभागले स्पष्टीकरण सोधी अनुशासनको कारवाहीका लागि सिफारिश गर्न सक्नेछ।