रामेछाप । असार ८ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ६ मा एम्बुलेन्स दुर्घटना हुदा चालकको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ने
पाल रेडक्रस भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सिन्धुलीबाट रामेछाप सदरमुकाम मन्थलीमा आउँदै गर्दा कुनौरी नजिकै शनिबार राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि एम्बुलेन्स चालनक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट घर भएका २२ बर्षिय निर बहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । प्रवक्ता अदालतका अनुसार चालकसंग साथि आएका एकजना गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । एम्बुलेन्स कुनौरीेमोडबाट बाट करिव २०० मिटर तल झरी अर्को मोडमा आइपुगेको छ ।
मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो
- प्रकाशित मिति: आइतबार, असार ८ २०७६
- तामाकोशी