प्रधानमन्त्रीको विषयमा प्रचण्डले घुर्की देखायो : सीपी गजुरेल

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १९ २०७६
  • तामाकोशी

सिन्धुली । जेठ १९ गते,
नेकपाक्रान्तिकारी उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्रीको विषयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले केपीशर्मा ओलीका सामु घुर्की देखाएको बताएका छन । शनिबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नेकपा क्रान्तिकारीको भातृ संगठन क्रान्तिकारी युवा लिगको ३ नम्बर प्रदेश स्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्षगजुरेलले प्रचण्डले घुर्र्की देखाएता पनि ओलीले नटेर्ने समेत बताए । उनले बर्तमान ओली सरकार राष्ट्रघाती,जनविरोधी भएकाले सबै मोर्चामा असफल भएको आरोप लगाउदै देश र जनताले परिवर्तनको कुनै अनुभुतिगर्न नपाएको बताए । गजुरेलले नेपालमा क्रान्ति सफल नभएकाले आफ्नो पार्टीले आन्तरिक रुपमा शसक्त क्रान्तिको तयारी गरिरहेको बताए । सम्मेलनप्रारम्भ हुनु अघि सिन्धुलीजिल्ला सदरमुकाम सिन्धुलीमाडीमा क्रान्तिकारी युवालिगले प्रदर्शन समेत गरेको थियो ।