हेटौँडा । जेठ १७ गते,
प्रदेश नं. ३ लाई सबल, समृद्ध प्रदेश बनाउनको लागि दुई तिहाई बहुमतको प्रदेश सरकारले ल्याएको दोश्रो बर्षको नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास सिर्जना गर्न सक्ने कुनै आधार नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सासद रिता माझीले नीति तथा कार्यक्रमको आलोचना गरेकी छिन् । प्रदेशको नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्नु पर्ने कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको भन्दै प्रदेश सरकारले गर्ने कार्यक्रम माथि नै प्रश्न खडा भएको साँसद माझीले बताइन । 
साँसद माझीले नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधानमा दिशाहिन रहेको, भ्रष्टाचार नियन्त्रण र सुशासन बारे भरपर्दो प्रतिवद्धता नभएको, गरिवि न्यूनिकरणको आशातित कार्यक्रम नभएको, सवै धर्म, संस्कृति, भाषा र आदिवासि जनजातिको पहिचानहरु संरक्षण र प्रवद्र्धनमा कुनै ठोस कार्यक्रम नभएको, दलित, उत्पीडित, एकल महिलाहरुको समस्या समाधानको कुनै ठोस कार्यक्रम नभएको, आर्थिक रुपमा विपन्न समुदायको आर्थिक सुधार ल्याउने कार्यक्रम नभएको, प्रदेशलाई समृद्ध बनाउने ठूलो हिस्साको रुपमा रहेको उर्जा, पर्यटन क्षेत्रलाई कार्यक्रममा उचित व्यवस्था बनाउन नसकेको समेत आरोप लगाइन् । नीति तथा कार्यक्रम प्रदेश सभाले शुक्रबार पारित गर्दैछ ।
नीति तथा कार्यक्रम आत्मप्रशसां, महत्वकांक्षी र कर्मकाण्डी मात्रै छ : सांसद माझी
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १७ २०७६
- तामाकोशी