रामेछाप । जेठ ६ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आफ्नो २ बर्षे कार्यकाल सन्तोषजनक रहेको दावि गरेका छन् । नगरप्रमुख भएको २ बर्ष पुरा भएको अवसरमा मन्थलीमा सोमबार पत्रकारहरुसंग भटघाट गर्दै नगर प्रमुख बस्नेतले यस्तो दावि गरेका हुन् । सुरुका दिनहरु निकै चुनौती र कष्टपुर्ण रहेता पनि अहिले सबै कामले गति लिन थालेको उनको भनाई छ । नगरपालिका आधारभूत विकासलाई माथि उठाउँने उनले बताए । 
नगरभित्रको शिक्षा , स्वास्थ्य , कृषि , रोजगार जस्ता क्षेत्रमा योजनावद्ध बजेट बिनियोन गरी नगरपालिकाको विकासमा जुट्ने उनको प्रतिवद्धता छ । पाँचसय वटा योजनाहरु बनाएको बताउँदै १ सय ६४ वटा योजनाहरु सम्पन्न भैसकेको उनको भनाई छ । उनले मन्थली नगरपालिकाले निर्माण गरेका विकास निर्माणका योजनाहरु कडाइका साथ कार्यान्वय गर्दै लगिएकाले उपलब्धीहरु संस्थागत हुदै जाने बताए । आफ्नो राजनीतिक जीवनका लागि नगरप्रमुख बन्नु उपलव्धीपुर्ण भएको र आफ्ना सामु नागरिकको जीवनमा परिवर्तन हुने खालका काम गरेर देखाउँने काम अवसर भएको बिचार व्यक्त गरे ।
दुई बर्षे कार्यकाल सन्तोषजनक छ : मन्थली नगरपालिका प्रमुख बस्नेत
- प्रकाशित मिति: सोमबार, जेष्ठ ६ २०७६
- तामाकोशी