मरिण गाँउपालिकाले लागू ग¥यो स्थानीय पाठ्यक्रम

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ४ २०७६
  • तामाकोशी

सिन्धुली । जेठ ४ गते,
सिन्धुलीको मरिण गाँउपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेको छ । स्थानीय विषय वस्तुलाई बुझाउने गरी पठ्यक्रम निर्माण गरेर चालु शैक्षिक सत्रबाट लागू गरिएको गाँउपालिकाले जनाएको छ । पाठ्यक्रममा स्थानीय चाडपर्व, भूगोल, वनस्पति, पर्यावरण भू–विज्ञान, व्यक्तित्व, धर्म, संस्कृति, मेला लगायतलाई समेटेर नौ वटा इकाईमा तयार गरिएको छ ।
गाउपालिकाका शिक्षा प्रमुख नवराज बरालले गाँउपालिका अन्तर्गत रहेका ४८ वटा सामुदायिक विद्यालयको कक्षा १ देखि ५ सम्म त्यो पाठ्यक्रम लागू गरिएको बताउनुभयो । स्थानीय पाठ्यक्रम एक सय पूर्णाङकको रहेको र अतिरिक्त अङग्रेजी विषयको सट्टामा स्थानीय पायक्रमको पढाइ सुरु गरिएको उहाँले जानकारी दिनुभयो । देशमै पहिलो पटक मरिणा गाउपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको उहाँको दावी छ । मरिण गाँउपालिकाको अघिल्लो वर्ष असारमा सम्पन्न तेस्रो गाससभाले स्थानीय पाठ्यक्रम बनाई सामुदायिक विद्यालयमा लागू गर्ने निर्णय पास गरेको थियो ।