आज मदन–आश्रित स्मृति दिवस, नेकपाले विविध कार्यक्रम गर्दै

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

काठमाडौं । जेठ ३ गते,
आज जेठ ३ गते अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म कुनै तथ्य सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ । विचार, वाकपटुतालगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद विकास गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकृत भएर निर्माण भएको पार्टी नेकपामा अहिले यसलाई अंगीकार गर्नेबारे बहस छ ।