रामेछापमा मोटरसाइकल दुर्घटनामा परी दुईदिनमा तीनजनाको मृत्यु

  • प्रकाशित मिति: बिहिबार, बैशाख २६ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख २६ गते,
रामेछाप जिल्लामा मोटरसाइकल दुर्घटनामा परी दुईदिनमा ३ जनाले ज्यान गुमाएका छन् । बुधबार मोटरसाइकल दुर्घटनामा परी एक बालर र एक यूवकको ज्यान गएको भोलीपल्ट विहिबार सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको हो । खिम्तीबाट मन्थली आउँदै गरेको बा ४८ प ३०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ निवासी बर्ष ६५ की वृद्धा केशरी तामाङको उपचारको क्रममा तामाकोसी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ निवासी बर्ष २० का मोटरसाइकलका चालक राम कुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । यसअघि बुधबारमात्रै जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ बर्षिय लोप्साङ लामा र पुरानागाउँका ११ बर्षिय बालक चोक कुमार श्रेष्ठले ज्यान गुमाएको थियो ।