रामेछाप । चैत २७ गते,
रामेछापको मन्थली नगरपालिका भित्रका सडकहरु तिव्र गतिमा स्तरउन्नती भैरहेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीबाट नगरपालिका भित्रका वडा बस्तीहरु जाने मुख्य सडकहरु धमाधम फराकिलो बनाउँन थालिएको हो । यसअघि खनिएका ती सडकहरुलाई अहिले प्राविधिक स्टमेटका आधारमा खन्न थालिएको छ । साँघुरा भएका सडकलाई विभिन्न मेशिन समेतको प्रयोग गरेर ठुलो बनाउँन थालिएको हो । मन्थली नगरपालिकाका ईन्जिनियर डिल्ली बहादुर अधिकारीका अनुसार प्राविधिकहरुले बनाएको योजना अनुसार सडक बिस्तारको काम भैरहेको छ । 
जसमा मन्थली ,चिसापानी गेलु ,सावडाँडा फुलासी पोखरीडाँडा सडक, चिसापानी पुरानागाउँ सडक, मन्थली स्ुनारपानी सालु सडक,कठजोर गाउँ जोड्ने सडक, र भलुवाजोर गाउँ जोड्ने सडक लगायत मन्थली भटौली सडक रहेका छन् । विस्तार अन्तर्गत परेका सडकखण्डमा प्राविधिकको प्रतिवेदनको आधारमा आवश्यकता अनुसार चौडा बनाउने, पानीको निकास हुने नाला बनाउने सहित सोलिङको काम भइरहेको छ । यस अघि खनिएका तर ग्रेड नमिलेका सडकहरु अहिले सुधारिएको छ । सडक विस्तार भएसंगै यात्रुबहाक तथा मालबहाक सवारी साधन आवागमनमा सजिलो हुनेछ । यि सडकहरु विस्तार भएसंगै नगरपालिकाले सडक समृद्धिमा सफलता हाँसिल गर्ने मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको भनाई छ । उनले आगामी बजेटबाट केही सडकखण्डका कालोपत्रे गरिने र नगरपालिकाको रकम नपुगे प्रदेश तथा संघिय सरकारसंग बजेट माग गरिने बताए । सडक गुरुयोजना अनुसार क्रमशः काम गर्दै जाने भन्दै प्रमुख बस्नेतले स्थानीय नागरीकहरुलाई समेत यो अभियानमा समथ दिन आग्रह गरे । फराकिलो सुरक्षित र सुविधायुक्त सडक मन्थली नगरपालिकाको समृद्धिको प्रमुख आधार भएको उनको भनाई छ ।
मन्थली नगरपालिका भित्रका सडकहरु फराकिलो बन्दै
- प्रकाशित मिति: बुधबार, चैत्र २७ २०७५
- तामाकोशी