काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ४ सय ६० अधिकृतहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने निर्णय गरेको छ ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १० को उपदफा १ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८४ को उपदपा ३ को अधिनमा रही प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्बन्धी मापदण्ड, २०७५ अनुशार स्थानीय निकायमा कामकाज गर्न खटाइएको हो । रामेछापका ६ वटा गाउँपालिकाका अधिकांश प्रमुख प्रशासकीय प्रमुख यथावत रहदा लिखु तामाकोसी गाउँपालिकामा भुपेन्द्र राई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट पदस्थापन हुनु भएको छ भने दोरम्बा गाउँपालिकामा अमृतबहादुर राई सार्वजनिक खरिद अनुगमन कार्यालयबाट पदस्थापन हुनु भएको छ । जिल्लाको खाडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुबेदी, उमाकुण्ड गाउँपालिकाका इश्वरी प्रसाद सुबेदी, गोकुलगंगा गाउँपालिकाका शिव कुमार राई, सुनापति गाउँपालिकाका सुनिल निरौला र जिल्ला समन्वय समिति कार्यालयका बद्रिराज ढकाल यथावत रहनु भएको छ ।
त्यसैगरी ४८ जनालाई जिल्ला समन्वय समितिको कार्यालयका कर्मचारीलाई पदस्थापन गरेको छ । थप सुचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।