बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ध १ ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको हो ।
जीप सडकदेखि करीब ७०० मिटर तल खसेको छ । घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।