काठमाडौंमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • प्रकाशित मिति: सोमबार, माघ २८ २०७५
  • तामाकोशी

काठमाडौँ, सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बसलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको महाशाखाले जनाएको छ ।