रामेछाप । माघ १४ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ पिपलटारमा ११ महिने बालकको अाँगोमा जलेर मृत्यु भएको छ । पिपलटारका शंखमान मगरका ११ महिने छोरा दिपेन्द्र मगरको घरमा आगो लाग्दा सोमबार जलेर मृत्यु भएको हो ।
खरले छाएको घरमा बालकलाई सुताएर आमाबुबा मेलापात गएको बेला एक्कासी घरमा आगोलागि हुँदा बालको ज्यान गएको रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए । अाँगो के कारणले लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको । आँगलागीमा परी मगरको २ वटा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । घरभित्र राखिएको भाँडा ,लत्ताकपडा र नगद रु ५० हजार सहित ५ लाख बराबरको क्षति भएको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।
रामेछापको पिपलटारमा आगोमा जलेर ११ महिने बालकको ज्यान गयो
- प्रकाशित मिति: सोमबार, माघ १४ २०७५
- तामाकोशी