काठमाडौँ, १३ माघ । बारामा सुरक्षा अधिकारी चढेको सवारी दुर्घटना हुँदा एसपीको मृत्यु भएको छ । सोही सवारीमा रहेका प्रमुख जिल्ला अधिकारी भने गम्भीर घाइते भएका छन्।
आज शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर स्कार्पियो जीपमा फर्किर्दै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा बलको १२ नम्बर गण, बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो।
तस्बिर : अनलाइनखबर
दुर्घटनामा परि प्रमुख जिल्ला अधिकारी सहित अन्य ३ जना घाइते भएका छन् । गम्भीर घाइते प्रजिअ भट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
तस्बिर : अनलाइनखबर
बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो।
एसपी पोखरेललाई दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रसासनले जानकारी दिएको छ ।