प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका नेताहरुले गर्नु गरे यस्तो प्रश्न :ओलीलाइ उठ्नु न बस्नु भएपछि ………..

  • प्रकाशित मिति: बुधबार, पुष ४ २०७५
  • तामाकोशी

काठमाडाैँ – नेकपामा विधान र बामदेव गौतमले उठाएको मुद्दा अनुसार एक पद, एक जिम्मेवारको व्यवस्थामा स्थायी सदस्यहरुले समर्थन जनाउदै त्यसको छिटोभन्दा छिटो कार्यान्वयन गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

विधान विपरित गण्डकीका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई स्थायी सदस्य पनि बनाइएकोमा उनिहरुलाई लक्षित गर्दै सदस्यहरुले एक पद एक जिम्मेवारी हुनुपर्ने दबाब दिएका हुन् ।



सदस्य रघुजि पन्तले प्रदेशका इन्चार्ज तोकिएका दुई मुख्यमन्त्रीलाई इन्चार्जबाट हटाउन माग गरे र एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयन हुनु पर्ने बताए ।
‘हाम्रो विधानले एक पद एक जिम्मेवारी भनेको छ तर व्यवहारिक कार्यान्वयन भएन। विधानले जे निर्दीष्ट गरेको छ त्यो लागू हुनुपर्छ,’ उनले भने ।

नेता बामदेव गौतमको एक अध्यक्षले पार्टी सञ्चालन गर्नुपर्ने र एकले सरकार सञ्चालन गर्ने भन्ने सुझावका सन्दर्भमा उनले प्रधानमन्त्री केपी शर्मा ओली भने महाधिवेशनबाटै अध्यक्ष निर्वाचित भएर आएकाले प्रश्न उठाउन नमिल्ने बताए।

अन्यको हकमा भने एक व्यक्ति एक पद नै लागु गर्नुपर्ने बताए । सदस्य अष्टलक्ष्मी शाक्यले कसैलाई खातै खात कसैलाई रित्तो हात भैरहेको र त्यो सच्याउनु पर्नेमा आफुले दबाब दिएको बताइन्। उनले नेतृत्वबाट आफूखुसी गोजीबाट नाम झिकेर दोहोरो जिम्मेवारी दिने नेतृत्वको प्रवृत्ति अन्त्य हुनु पर्ने बताइन।

‘पार्टी नेतृत्व नै गुटमा संलग्न छ, आफ्नो आफ्नो मान्छे तानेको छ, योग्यता क्षमता भएकालाई वास्ता गरेको छैन । त्यसैले गुटबन्दी अन्त्य गरौँ । कसैलाई खातैखात छ कोही जिम्मेवारीविहीन् छन्,’ उनले भनिन् ।

पार्टी एकताको मर्म र भावना नेतृत्वले बोक्न समेत नसकेको गुनासो गरिन् । ‘पार्टी एकता भएको यत्रो समय भयो । सबैतिर बहुमत छ । तर पार्टी एकता भएको सात महिनासम्म पनि एकता टुंगिन सकेन जुन अति दुखद हो ,’ उनले भनिन् ।