भगवान शिवको दर्शन गर्नुहोस !!हेर्नुहोस आजको राशिफल ,के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: बुधबार, मंसिर २६ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर २७ गते विहिबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व तदनुसार सन् २०१८ डिसेम्बर १३ तारिक शुक्लपक्ष षष्ठी तिथि राती १० वजेर ३६ मिनेटसम्म उप्रान्त सप्तमी तिथि,धनेष्ठा नक्षत्र साँझ ५ वजेर ४२ मिनेटसम्म उप्रान्त शतभिषा नक्षत्र,हर्षणयोग, कौलव करण,आनन्दादियोग श्रीवत्स,सूर्य वृश्चिक राशीमा,चन्द्रमा कुम्भ राशीमा ।



मुहूर्त
राहुकालः–अशुभ अपरान्ह १ वजेर १६ मिनेटबाट २ वजेर ३३ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ६ वजेर ४७ मिनेटबाट ८ वजेर ५ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर २२ मिनेटबाट १० वजेर ४० मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर १४ मिनेटबाट १० वजेर ५६ मिनेटसम्म र अपरान्ह २ वजेर २३ मिनेटबाट ३ वजेर ५ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३७ मिनेटबाट मध्यान्ह १२ वजेर १९ मिनेटसम्म रहनेछ । अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३७ मिनेटबाट मध्यान्ह १२ वजेर १९ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ८ वजेर ४ मिनेटसम्म शुभ वेला,८ वजेर ४ मिनेटबाट ९ वजेर २२ मिनेटसम्म रोग वेला,९ २२ वजेबाट १० वजेर ४० मिनेटसम्म उद्वेग वेला,१० वजेर ४० मिनेटबाट ११ वजेर ५७ मिनेटसम्म चर वेला,११ वजेर ५७ मिनेटबाट १ वजेर १५ मिनेटसम्म लाभ वेला,१ वजेर १५ मिनेटबाट २ वजेर ३३ मिनेटसम्म अमृत वेला,२ वजेर ३३ मिनेटबाट ३ वजेर ५१ मिनेटसम्म काल वेला र ३ वजेर ५१ मिनेटबाट सूर्यास्त कालसम्म शुभ वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्त कालबाट ६ वजेर ५१ मिनेटसम्म अमृत वेला,६ वजेर ५१ मिनेटबाट ८ वजेर ३३ मिनेटसम्म चर वेला,८ वजेर ३३ मिनेटबाट १० वजेर १५ मिनेटसम्म रोग वेला,१० वजेर १५ मिनेटबाट ११ वजेर ५७ मिनेटसम्म काल वेला,११ वजेर ५७ मिनेटबाट १ वजेर ४० मिनेटसम्म लाभ वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर २२ मिनेटसम्म उद्वेग वेला,३ वजेर २२ मिनेटबाट ५ वजेर ४ मिनेटसम्म शुभ र ५ वजेर ४ मिनेटबाट सूर्योदय कालसम्म अमृत वेला रहनेछ ।

राशी
मेषः–आकस्मिक आम्दानीको योग देखिन्छ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । गोपनियता भङ्ग नगर्नु होला ।

वृषः– काममा देखिएका समस्या कम भएर जानेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोग गर्न अग्रसर हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ ।

मिथुनः– समयमा सामान्य सुधार आउनेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा उपलब्धिका काम ओझेल पर्ने छन् ।

कर्कटः–काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा चिसो पस्ने काम हुन सक्छ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

सिंहः– विवादित कामको टुङ्गो लाग्नेछ । मुद्धामा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

कन्याः– कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

तुलाः– अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् ।

वृश्चिकः– कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ ।

धनुः– समयले सामान्य साथ दिनेछ । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

मकरः– दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

कुम्भः– शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार
आउनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् ।

मीनः– दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण विग्रिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला ।
नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।